२०८३ कार्तिक १२ गते बुधबार

मनाङ रैथाने बालीमा आत्मनिर्भर

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २४
NL_MANANG_HIMAPAT_
मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ। तस्बिर : नवीन लामिछाने/रासस

मनाङ – खेतीयोग्य भूमि साँघुरिँदै गएको छ। साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ। जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ। तर, हिमाली जिल्ला मनाङ यिनै बालीमा नै आत्मनिर्भर छ।

कतिपय स्थानमा रैथाने बाली लोप हुने भइसकेको छ। रैथाने बालीको प्रयोग कम गरी हाइब्रिड बाली लगाउने प्रचलन बढ्दो छ। कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल विकासे (हाइब्रिड) खेतीपातीलाई प्राथमिकता दिएको पाइन्छ। उत्पादन बढी लिने उद्देश्यका साथ गरिएको खेतीले रैथाने बाली लोप भएका हुन्।

चामे गाउँपालिका–२ थानचोकका किसान निर्मला गुरुङले मनाङमा आलु, गहुँ, फापर, करु, उवा लगायतका रैथाने बाली गर्दै आएको बताए। ‘मनाङमा पुर्खौंदेखि गरिदै आएको खेती नै हाल पनि गरिरहेका छौँ, यहाँको वातावरणमा यही बालीको उत्पादन राम्रो हुन्छ, यसको संरक्षण हुनुपर्छ, कृषि कर्मलाई प्रवद्र्धन र प्रोत्साहन गर्न आवश्यक रहेको छ’, गुरुङले भने।

त्यस्तै चामे–५ चामेका कृषक सेरव विष्टले गहुँ, फापर, करु, आलु, जौ, उवाजस्ता रैथाने बाली गर्न ज्ञान केन्द्रले प्रोत्साहन गरेको बताए। ‘यी खेतीबाट उत्पादित खाद्यवस्तुको प्रवद्र्धन तथा संरक्षणका लागि तालिम प्रदान गरिएको छ, यसले बाली संरक्षणमा टेवा पुग्नेछ’, उनले भने।

पर्यटकीय क्षेत्र भएकाले मनाङमा यहीको उत्पादनलाई प्राथमिकता दिएर विभिन्न परिकार बनाउन ज्ञान केन्द्रले तालिम प्रदान गर्ने कार्य गरिरहेको छ। यसले विदेशी पर्यटकलाई यहाँका उत्पादनलाई उपयोग गरी खानाको स्वादमा परिवर्तन र आकर्षित गर्नमा भूमिका खेलेको पाइन्छ।

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ तलेखुका किसान फुलमाया गुरुङले यहाँका रैथाने बालीबाट उत्पादित वस्तुको विभिन्न परिकार बनाउने गरेको बताए। मकै, करु, आलु, कोलो, गहुँ, जौजस्ता खाद्यवस्तु उत्पादन गरिने उनले बताए। यही खाद्यवस्तुको उपयोगबाट होटल व्यावसायमार्फत आम्दानी लिने गरेको उनले बताए।

गुरुङले भने, ‘ज्ञान केन्द्रमार्फत यहाँ उत्पादित खाद्यवस्तुबाट केक, प्यान केकलगायतका खानेकुरा बनाउने सीप सिकेर उपयोग गरिरहेका छौँ, यसले होटल व्यवसायमा सहयोग पुगेको छ, आम्दानी पनि सहयोग पुगेको छ।’ रैथाने बालीको संरक्षणमा यसरी सहयोग पु¥याउने भए यस्ता बालीमा आत्मनिर्भरमा टेवा पुग्नेछ।

विगतमा रैथाने बालीमा आत्मनिर्भर राष्ट्र नेपालमा रैथाने बाली लोप हुन थालेको छ तर, तराई तथा पहाडी जिल्लामा यी बाली लोप भए पनि मनाङ अझै यसैमा आत्मनिर्भर रहेको छ। यस बाली लोप हुँदै गएपछि सरकारले आर्थिक वर्ष २०८०/८१ बजेटमा रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिएको छ।

सरकारको यो योजनाले मनाङका रैथाने बाली संरक्षणलाई अझ बढी लाभ मिल्ने भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए। ‘यहाँको रैथाने बाली उवा, करु, गहुँ, फापरको संरक्षणमा जुटिरहेका छौँ, यसको प्रवद्र्धन र रैथाने बालीको उपभोगमा प्रोत्साहन गर्न लागिरहेका छौँ, खाद्य सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले लागिपरेका छौँ’, उनले भने।

चालु आवमा रैथाने बालीको प्रवद्र्धनका लागि किसानलाई परिकारको विविधकरण तालिम दिइरहेको प्रमुख सिलवालले बताए। यस बालीको प्रवद्र्धन र संरक्षणलाई प्राथमिकता दिएर झार्ने, कुट्ने मेसिन सामग्री ल्याउने र वितरण गर्ने योजना बनाइएको उनले बताए।

रैथाने बालीको उत्पादनलाई बजारीकरणका लागि बजारसम्म पु¥याउन प्रवद्र्धनात्मक कार्यक्रममार्फत प्याकेजिङको काम गर्ने योजना रहेको उनले बताए। ‘यसको बजारीकरणलाई मध्यनजर गर्दै बजारसम्म पुर्‍याउने, घरबास (होमस्टे) सँग समन्वय गरी रैथाने बालीको उत्पादन बिक्रीमा सहजता कायम गर्ने काममा कृषि ज्ञान केन्द्रले प्रवद्र्धनको भूमिका खेल्नेछ’, प्रमुख सिलवालले भने, ‘रैथाने बाली लोप हुने अवस्थामा रहेकाले यसलाई जोगाउनुपर्छ भनेर संरक्षणको रणनीति लिएका छौँ।’

समुद्री सतहबाट एक हजार आठ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्म रहेको मनाङको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग किलोमिटर रहेको छ। जिल्लाको कूल भूमि क्षेत्रफल दुई लाख २४ हजार छ सय हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार एक सय ५६ रहेको छ। त्यसमध्ये दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ। जसअन्तर्गत एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्रफल हो।

मनाङको कूल भूमिमा १९ हजार एक सय ६६ हेक्टर क्षेत्रफल वनजङ्गलले ओगटेको छ भने ४८ हजार नौ सय ९० हेक्टर चरन क्षेत्र र एक लाख ५४ हजार दुई ९१ हेक्टर क्षेत्रफल हिमशृङ्खला, चट्टान तथा पहरोले ओगटेको छ। यहाँ धान भने पूर्णरुपमा उत्पादन नहुने जिल्ला हो। धान, चामल भने जिल्लामा अन्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता छ।

पर्यटक तथा स्थानीयले उपभोगका लागि अन्यत्र जिल्लाबाट धान, चामल आयात गरेर जीविकोपार्जन गर्दै आएको छ। जिल्लामै धान उत्पादन नहुँदा यहाँका मानिसले महँगो मूल्य तिरेर चामल खरिद गर्न बाध्य छ। मनाङलाई बहुमूल्य जडीबुटीको उर्वरभूमिको रुपमा पनि लिइन्छ। यहाँ यार्सागुम्बा, पाँचऔँले, जटामसी, शिलाजित, जिम्बु, सिबाकथ्रोन, कुटकी, निरमसी, तिक्का, सुगन्धवाल, पदमचाल, चिराइतो, तेजपात, गुचीच्याउ, कुरिलो, टिमुरलगायतका जडीबुटी पाइन्छन्। यही औषधीय जडिबुटी निर्यात गरेर मनाङको मुख्य आयस्रोत हो।

  • नवीन लामिछाने/रासस
प्रकाशित: २०८० जेठ २४ गते बुधबार ११:२५
प्रतिक्रिया

थप समाचार

मेची बगरमा युवाले फलाए ८६ लाखको आलु, ४५ जनालाई रोजगारी

रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालक बताउँछन्।

आन्तरिक उत्पादन बढाउन आलुप्याजमा कर : अर्थमन्त्री

उनले ५० लाखभन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्ने समेत स्पष्ट पारे। आयात गरेर त्यो भन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने उनको प्रष्टीकरण थियो।

आलु मेलामा ४० टन बिक्री

हेमजा- ११औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा ४० टन आलु बिक्री भएको छ। प्रतिकिलो रु.३५ मा आलु किन्न स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत ग्राहक आएका थिए। हावापानीका...

आलुको पहाड बनाएर महोत्सव तयारी

पोखरा- विष्णुपादुका क्लब पोखरा-२५ हेमजाको आयोजनामा राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सवको तयारी तिव्र पारिएको छ। महोत्सवलाई कृषकको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना