२०८३ कार्तिक १६ गते आईतबार

अमेरिका वाचन यात्रामा ‘देवी’ प्रतिभा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २६
devi_prativa

काठमाडौँ: वाचनकलामार्फत विभिन्न देशमा प्रसिद्धि कमाएकी धार्मिक कथावाचिका ‘देवी’ प्रतिभाको अमेरिका कथा वाचन यात्रा तय भएको छ। ‘वेलडन क्रियसन्स’को आयोजनामा सन् २०२६ को मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा ‘देवी’ प्रतिभा अमेरिका कथा वाचन यात्राु हुने भएको हो।

उक्त यात्रामा ‘देवी’ प्रतिभाले कथा वाचन, भगवत गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान श्रीकृष्णको उपदेश र धार्मिक सन्देश अमेरिकी भूमिमा फैलाउने आयोजकले बताएको छ।

‘कथा केवल सुनाउने कुरा होइन, यो भगवानको वाणी हो। जहाँ श्रद्धा हुन्छ, त्यहीँ भगवान बास गर्नुहुन्छु,’ अमेरिका यात्रा तय भएसँगै ‘देवी’ प्रतिभाले भनेकी छन्, ‘म अमेरिकामा रहेका नेपाली तथा भारतीय आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूसँग कथा वाचन,भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु।’

‘देवी’ प्रतिभा यात्रामा भगवत गीता प्रवचन, श्रीकृष्णको शिक्षाबाट जीवन र धर्मको दर्शन, राधा कृष्णको आध्यात्मिक संवादसहित कथा वाचन, भक्ति र आत्माको मेल भजन, पूजापाठ र आरतीसँगै नेपाली धर्म, संस्कार र एकताको उत्सवसहितको सांस्कृतिक समुदाय भेटघाट कार्यक्रम आयोजना हुने बताइएको छ।

‘देवी’ प्रतिभाले पछिल्ला वर्षहरूमा नेपाल, भारत, लगायतका देशहरूमा प्रभावशाली प्रवचन प्रस्तुत गर्दै आएकी छन्। आध्यात्मिक गहिराइ, प्रेम, र दर्शनसहितको उनको कथा वाचन शैली नेपाल र भारतमा निकै लोकप्रिय मानिन्छ।

अमेरिका भ्रमणका क्रममा उनले ओहायो, पेन्सिलभेनिया, एक्रोन, कोलोराडो, बोस्टन, मेरिल्याण्ड, भर्जिनिया,न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया,यूटा, नर्थ क्यारोलिना, इलिनोइस लगायतका राज्यहरूमा प्रवचन दिने कार्यक्रम तय भएको आयोजकले बताएको छ।

‘देवी’ प्रतिभाको अमेरिका कथा वाचन यात्रा २०२६ु लाई धर्म, श्रद्धा र नेपाली संस्कृतिको पुनर्जागरणको रूपमा हेरिएको छ।

प्रकाशित: २०८२ कार्तिक २६ गते बुधबार ०४:१६
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना