२०८३ कार्तिक १२ गते बुधबार

मासिँदै हात्तीको परम्परागत बसाइँसराई बाटो, बढ्दै मानव वन्यजन्तु द्वन्द्व (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २९
Group of Elephant_Bardiya National Park_NPLElephant Group_IMG_2105-Enhanced-NR

काठमाडौँ: नेपाल र भारतबीच रहेको खुल्ला सिमान केबल दुई देशका जनताहरूका लागि मात्र नभएर दुई देशको सीमा क्षेत्रमा रहेको विभिन्न वन्यजन्तु संरक्षण निकुन्जहरूका वन्यजन्तुहरूले पनि यसको उपयोग गर्ने गर्दछन्। नेपालको तराई भूभागका जंगल क्षेत्र भारतका जंगल क्षेत्रसँग जोडिएका छन्। जसले गर्दा यहाँ वन्यजन्तुहरूको अवागमन पनि निकै हुने गर्दछ।

पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जंगली हात्तीको परम्परागत बसाइँ सर्ने बाटो रहेको छ।  जहाँ हरेक वर्ष कयौं जंगली हात्तीहरू बसाइँसराई गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन्।

मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जंगली हात्तीहरूको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरूसँग उनीहरूको द्वन्द्व बढ्दो छ। खानेकुराको खोजी र बर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरू बसाइँ सर्ने गर्छन्। प्रत्येक वर्ष यिनीहरूको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचनाहरू थपिँदै छन्। जसले गर्दा हात्ती र मानसहरूबीच द्वन्द्व बढ्दो देखिन्छ।

हात्तीहरूको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बढीगार्डको काम गर्छ।एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ। र, उनीहरूलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ। हात्तीहरूलाई उनीहरूको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तुबीचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ, तर हाम्रो बाटोघाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरूको बाटोमा परेको छ।

हाम्रा पूर्वाधारहरू पनि वन्यजन्तु मैत्री छैनन्। जसले गर्दा द्वन्द्व न्युनिकरणमा समस्या परेको देखिन्छ।

 

तस्बिर: दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८२ कार्तिक २९ गते शनिवार ०८:५५
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना