२०८३ साउन १३ गते बुधबार

फिदिममा सार्वजनिक शौचालय नहुँदा कष्ट भोग्दै यात्रु

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ २४
nepalclicks

पाँचथर – सिङ्गो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन भन्दा धेरैलाई विश्वास नलाग्ला। तर नयाँ सहरका रूपमा विकास भइरहेको पाँचथरको सदरमुकाममा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन। नेपाल सरकारले भौतिक सुविधाको विस्तार गरी बसाइँसराइ रोक्ने उद्देश्य राखी विकास गरिरहेको फिदिममा अहिले पर्यटक, बटुवा र सवारीका यात्रु शौचालय खोजेर भौँतारिने गर्छन्।

सार्वजनिक शौचालय नभेटेपछि पसल र होटलमा पुगेर शौचालय प्रयोग गर्न दिन उनीहरूले याचना गर्नुपर्छ। शौच गर्नकै लागि पर्यटक, बटुवा र सवारीहरू होटलमा चिया, नास्ता, चुरोट खाने बहाना बनाएर जानुपर्ने बाध्यता छ।

यात्रु बुद्धिमान स्याङतान पनि त्यसरी दुःख पाउने मध्येका एक हुनुहुन्छ। जिल्लाको फाल्गुनन्द–६ का स्याङतान फिदिम बजारमा यत्तिका लामो समयसम्म किन सार्वजनिक शौचालय नबनेको होला भनेर अचम्ममा हुनुहुन्छ। ‘नयाँ मान्छेलाई त यहाँ गाह्रै हुन्छ। ग्राहक बनेर होटलमा जानुको विकल्प हुँदैन। नौलो मान्छेलाई समस्या छ नि १’, स्याङनातले भने, ‘ट्वाइलेट त अति आवश्यक देखिन्छ। तर नगरपालिका भए पनि अहिलेसम्म किन नबनाएको होला रु मैले बुझ्न सकेको छैन।’

फिदिमको गणतन्त्र चौकमा भेटिनुभएकी याङवरक–६ की इन्द्रकुमारी सुहाङको गुनासो पनि उस्तै छ। ‘यत्रो ठूलो बजारमा सार्वजनिक शौचालय त हुनु पर्ने हो। बाहिरबाट आउने र चिनजानका मानिस नहुने यात्रुले समस्या भोग्नु परेको छ’, सुहाङले गुनासो गर्दै भने।

अटोरिक्सा चालक कुमार तामाङ शौचालय सोध्ने यात्रुलाई विकल्प दिन नसकिएको बताउँछन्। ‘बाहिरबाट आउने यात्रुहरू शौचालय कहाँ छ भन्छन्। हामीले कहाँ देखाइदिने रु’, तामाङले भने, ‘होटलतिर गएर चिया, चुरोट मागेर ट्वाइलेट खोजेर शौच गर्नुपर्ने अवस्था छ।’ शौचालय निर्माण गर्ने विषयलाई फिदिम नगरपालिकाले गम्भीरतापूर्वक नलिएको तामाङको गुनासो छ।

आहालगैरीमा होटल चलाइरहेकी माया तामाङ सवारी रोकिने क्षेत्रमा सार्वजनिक शौचालय अत्यावश्यक रहेको बताउँछन्। ‘सार्वजनिक शौचालय भइदिए यात्रुहरूले दुःख पाउने थिएनन्। अर्काको गाली खानुपर्ने थिएन’, तामाङले भने, ‘मेरो होटलमा आएर चिया, नास्ता मागेर शौचालय खोज्नुहुन्छ। नदिनु पनि भएन। दिँदा सफा गरिरहन गाह्रो पर्छ।’ निजी प्रयोगका शौचालयहरू प्रयोग गर्दा धेरै यात्रुहरूले गाली खाएको आफूले सुन्नु परेको तामाङको अनुभव छ। ‘त्यसैले म चाहिँ कसैलाई गाली गर्दिनँ’, भने भने।

हिमाल यातायातको फिदिम काउन्टरका प्रमुख निशान साँवा बजार क्षेत्रमा पार्किङ गर्ने सहज व्यवस्था तथा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या हुने गरेको बताउँछन्। ‘बसपार्क टाढा हुँदा गाडी त्यहाँबाट सञ्चालन हुन सकेका छैनन्। यात्रुहरू बजारमै उत्रन चाहन्छन्। उनीहरूको काम पनि यतै हुन्छ। यहाँ न पार्किङ सहज छ, न त शौचालयको व्यवस्था नै’, साँवाले भने, ‘पार्किङ सहज बनाई सोही स्थानहरूमा सार्वजनिक शौचालय बनाउनु जरुरी छ।’

फिदिम आइपुग्ने नयाँ मानिस, जेष्ठ नागरिक तथा बालबालिकाले शौच गर्नै नपाउने अवस्था भएपछि आफूहरूले समस्या भोगेर पनि यात्रुलाई सुविधा दिने गरेको व्यवसायी बताउँछन्। आफ्नो होटलको शौचालयलाई सार्वजनिकरूपमा प्रयोग गर्दा मासिक २० हजारभन्दा बढी खर्च हुने गरेको व्यवसायी पूर्ण सम्बाहाम्फेको भनाइ छ।

सम्बाहाम्फेको होटल भएको लिम्बुवान गेटबाहिरका यात्रु उत्रिएर बजारभित्रका काम गर्ने मुख्य ठाउँ हो। ‘मेरो होटलमा सबैतिरबाट आएका यात्रु ठोकिन्छन्। बालबालिका, बुढापाका अभर परेर आउँछन्। मैले दिन्न भन्नु भएनँ’, सम्बाहाम्फेले भने, ‘मेरो शौचालयको सेफ्टी ट्याङ्की सानो छ। मैले प्रत्येक महिनामा सेफ्टी ट्याङ्की सफा गराउनुपर्छ। यसो गर्दा मासिक २० हजार खर्च भइरहेको छ, कसैले नगरपालिकामा बिल हेरे हुन्छ।’

आफूले समस्या बेहोरेर पनि यात्रुलाई ‘धर्म’ गर्दै आएको सम्बाहाम्फेको प्रष्टिकरण छ। ‘मान्छे अभर पर्छन्। व्यवसाय गर्ने भएका नाताले पनि हामीले अभर परेका मानिसलाई शौचालय प्रयोग गर्न दिनुपर्छ नै। यति त हाम्रो धर्म हो’ सम्बाहाम्फेले भने, ‘मैले केही कमाउन नसकौँला तर बूढापाकालाई दुःख नहोस् भन्ने सोचेर आफैँले समस्या भोग्दै आएको छु। मानिस पसलतिर शौचालय खोज्दै जाँदैनन्। आउने होटलमै हो।’ आफूहरूले फिदिम नगरपालिकामा कुरा उठाए पनि सार्वजनिक शौचालय बनाउने जग्गा नहुँदा शौचालय निर्माण हुन नसकेको उनको भनाइ छ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार बर्सेनि फिदिम बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने बजेटको व्यवस्था गरिए पनि जग्गा नहुँदा शौचालय निर्माण हुन नसकेको हो। हुन त फिदिम नगरपालिकाले विगतका वर्षबाटै फिदिमको आहालगैरी, गणतन्त्र चौकसहितका मुख्य बजारमा सार्वजनिक शौचालय निर्माण गर्न जग्गाको खोजी गरेको थियो। संरचना निर्माण गर्न जग्गा खरिद गर्न नमिल्ने भएकाले नगरपालिकाले जग्गाको प्रबन्ध गर्न सकेको छैन। शौचालय निर्माणकै लागि मुख्य चौकहरूमा लाखौँ मूल्य पर्ने जग्गा उपलब्ध गराउन स्थानीयवासी पनि तयार छैनन्।

उसो त निर्माण भएकै सार्वजनिक शौचालय पनि प्रयोगविहीन छ। फिदिम–१ शनिबारेमा प्रत्येक शनिबार लाग्ने हटियालाई लक्षित गरी फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १० वर्षअघि निर्माण गरेको सार्वजनिक शौचालय संरक्षण र सरसफाइ नहुँदा अहिले प्रयोगविहीन बनेको छ। सो क्षेत्रमा यात्रु तथा बटुवाले प्रयोग गर्न सक्ने भए पनि सरसफाइको अभावमा उक्त शौचालय प्रयोगविहीन बनेको हो।

प्रकाशित: २०८० जेठ २४ गते बुधबार ०६:५७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कारबाही गरे घुस लिने ‘कोर टिम’ सार्वजनिक गर्ने ढाकाको चेतावनी, ५ घण्टा सर्‍यो रास्वपा बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकको समय ५ घण्टा सरेको छ। बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको महामन्त्री डा मुकुल ढकाल...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना