२०८३ कार्तिक १२ गते बुधबार

कारबाही गरे घुस लिने ‘कोर टिम’ सार्वजनिक गर्ने ढाकाको चेतावनी, ५ घण्टा सर्‍यो रास्वपा बैठक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २९
dhaka kumar

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकको समय ५ घण्टा सरेको छ। बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको महामन्त्री डा मुकुल ढकाल जानकारी दिएका छन्।

केही केन्द्रीय समितिका सदस्यहरु उपचुनाव र पार्टीको कामले उपत्यकाबाहिर भएकाले उनीहरू आइपुग्न ढिलो हुने भन्दै बैठक सारिएको ढकालले जानकारी दिए। ‘केन्द्रीय सदस्यहरू आइपुग्न समय लाग्ने भएकाले बैठक सारिएको हो,’ उनले भने।

पार्टीबाट सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग अढाई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले गरेको छानबिनको प्रतिवेदनमाथि आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ। श्रेष्ठलाई निलम्बन गरी रास्वपाले छानबिन गर्दा ढाका दोषी देखिएकाले कारबाही सिफारिस गर्दै छानबिन समितिले महामन्त्री ढकाल र सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ।

माघ १ गते भएको भनिएको उक्त फोन संवादमा एमाले, माओवादी, रास्वपा र राप्रपासहितको गठबन्धन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रास्वपालाई दिने निश्चित भएको र आफू मन्त्री बन्नका लागि पार्टीलाई अढाई करोड घुस दिनुपर्ने भएको भन्दै ढाकाले प्रसाईसँग उक्त रकम माग गरेका थिए। उक्त अडियो आइतबार कपुरबोट टीभीले सार्वजनिक गरेको थियो।

अडियोमा पार्टीको ‘कोर टिम’लाई रकम बुझाउन पर्ने ढाकाले दुर्गासँग भनेका छन्। उक्त ‘कोर टिम’का विषयमा पनि समितिले ढाकासँग सोधपुछ गरेको थियो। त्यसको जवाफमा ढाकाले तत्त्कालै आफूले भन्न नसक्ने तर आफूमाथि कारबाही गरिए त्यसको पर्दाफास गर्ने चेतावनी दिएका छन्।

ढाकाले भने साढे २ करोडको डिल भएको अडियो आफ्नो नभएको तर आफूलाई फसाउने षढ्यन्त्र भएको दाबी गरेका छन्। पार्टीको अनुशासन समितिले मंगलबार लिएको बयानमा अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी उनको थियो। आफूले दुर्गा प्रसाईलाई नचिनेको र उनीसँग फोन संवादसमेत नगरेकोसमेत जिकिर उनको थियो। तर ढाकाको दाबीमा छानबिन समितिले विश्वास गरेन। उक्त अडियोमा सुनिएको आवाज ढाकाकै भएको ठहर गर्दै समितिले प्रतिवेदन तयार गरेको बताइएको छ।

रास्वपाले छानबिनका लागि डा भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको थियो। समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य थिए। समितिले ७२ घण्टाको समयसीमा पाएपनि ५० घण्टाभित्रैप्रतिवेदन सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाललाई बुझाएको थियो।

‘उहाँले अडियोमा सुनिएको आवज आफ्नो नभएको जिकिर गर्नुभएको छ, तर हामीले उहाँको बयानमा मात्रै आधारित नभएर अन्य कुरा पनि हेरेर प्रतिवेदन तयार पारी बुझाएका छौं,’ समितिका एक सदस्यले भने। सोही प्रतिवेदनको निष्कर्षका आधारमा समानुपातिक सांसद ढाकालाई पार्टीको साधारण सदस्यबाट समेत हटाउन सक्ने तयारी गरेको बताइएको छ।

यसरी पार्टीले कारबाही गरे ढाकाको सांसद पद खारेज हुनेछ। रास्वपाले कारबाही गरेको निर्णय गरी ढाकालाई सांसद पदबाट हटाउन सभामुखलाई सिफारिस गर्न सक्नेछ। त्यसरी सिफारिस आएमा सभामुखले ढाकाको सांसद पद खारेज गरी त्यसको जानकारी सदनलाई गराउनुपर्ने हुन्छ।

रास्वपा सांसद ढाकाको अर्को पनि अडियो सार्वजनिक

आइतबार ढाकाले प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक गरेको कपुरबोट टीभीले सोमबार यही प्रकरणमा अर्को पनि अडियो सार्वजनिक गरेको थियो। सोमबार ढाकाका भाइ भनने व्यक्तिले प्रसाई र उनका सहयोग यदु गौतमलाई फोन गरी ढाकाका पक्षमा माहोल सिर्जना गर्न आग्रह गरेको अडियो सार्वजनिक भएको थियो।

आफूलाई ढाकाको भाइ बताउने व्यक्तिले ९८६००…४६ नम्बरको मोबाइलबाट कुराकानी गरी ढाकाको पक्षमा बोलिदिन आग्रह गरेको सोमबार सार्वजनिक सुन्न सकिन्छ। ढाकाका भाइ भन्ने व्यक्तिले दुर्गा र उनको टिमका यदु गौतमसँग ढाकाले अब सांसद पद र पार्टीको जिम्मेवारी दुवै गुमाउने कुरा गरेका थिए। ढाकाका भाइले गौतमलाई फोन गरी प्रसाईले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहिजो हुने भाव व्यक्त गरेका थिए।

सोमबार सार्वजनिक अडियोमा दुर्गा प्रसाईले मन्त्री बन्नका लागि रकम माग गर्नु ढाकाको गल्ती नभएको बरु पार्टी/पार्टी सभापति रवि लामिछानेको गल्ती भएको भनेर बताएका थिए। ढाकाका तर्फबाट प्रसाईलाई फोन गर्ने व्यक्तिले ढाकाले दुर्गालाई भेट गर्न चाहेको बताएका छन्।

आइतबार ढाकाले दुर्गासँग अढाई करोड घुस दिनका लागि रकम माग गरेको अडिओ सार्वजनिक भएलगत्तै रास्वपाले ढाकालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। सोमबार साँझ ढाकाले छानबिन समितिलाई लिखित स्पष्टीकरण पनि बुझाएका थिए। मंगलबार उनको बयान लिइयो। तर उनले इन्कारी बयान दिए।

उता रास्वपा सभापति रवि लामिछानेले आइतबार बाराको गढीमाई मन्दिर नजिकैको चुनावी सभालाई सम्बोधन गर्दै आफूले ७२ घण्टाभित्र छानबिन गर्न निर्देशन दिएको र दुई घण्टा बितेकाले ७० घण्टाभित्रै छानबिन सक्ने बताएका थिए। छानबिन नभए आफूलाई गढीमाईमा नै बली चढाउनसमेत भनेका थिए।

प्रकाशित: २०७९ चैत २९ गते बुधबार ०९:१९
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना