नुम्बुर हिमाल नेपालको रोल्बालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो। यसको उचाइ ६ हजार ९५८ मिटर रहेको छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय कुण्ड दूधकुण्डको शिरमा रहेको नुम्बुर हिमाल सोलुदूधकुण्ड नगरपालिकाको प्रत्यक्ष क्षेत्राधिकारभित्र पर्छ भने रामेछाप जिल्लासँग समेत सिमाना जोडिएको छ।






