काठमाडौँ: मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ। पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन्।
उनलाई सोमबार राति भक्तपुरस्थित निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो।
पछिल्लो समय राष्ट्र, राष्ट्रियता धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँले आगामी मंसिर ७ गते खि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए।
आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ।


