२०८३ साउन ११ गते सोमबार

काठमाडौँपछि लुम्बिनीमा ४ अर्बको पाँचतारे होटल ल्याउँदै गोल्याण ग्रुप, ‘वेडिङ डेस्टिनेसन’ बनाइने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २
golyan_hotel

काठमाडौँ: पछिल्ला वर्षहरूमा ठूला व्यावसायिक समूहहरू होटल तथा हस्पिटालिटी उद्योगमा आक्रामक रूपमा प्रवेश गरिरहेका छन्। त्यही क्रममा जलविद्युत्, उत्पादन, कृषि, बैंकिङ र व्यापारजस्ता क्षेत्रमा लगानी विस्तार गरिरहेको गोल्याण ग्रूपले पनि आतिथ्य व्यवसायमा आफ्नो उपस्थिति तीव्र रूपमा बढाइरहेको छ।

राजधानीको सोल्टिमोडमा पाँचतारे स्तरको ह्यात सेन्ट्रिक होटल सञ्चालन गरिरहेको ग्रूपले बुद्ध जन्मभूमि लुम्बिनीमा चार अर्ब रूपैयाँ लगानीमा वेद हस्पिटालिटमार्फत पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको हो। होटल पूर्वाधार लुम्बिनीको मायादेवी गाँउपालिकामा बन्ने भएको छ।

होटलका लागि आवश्यक जग्गा खरिदको काम सकिएको छ। कम्पनीले सिभिल, आर्किटेक्चरल र ल्याण्डस्केपिङ कार्यहरूको लागि परामर्शदाता नियुक्त गरेको छ। विचाराधीन रहेको वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा भएको छ। परियोजनाले नगरपालिका भवन निर्माण इजाजतपत्र पनि प्राप्त गरिसकेको छ। थप रूपमा, मेकानिकल,विद्युतीय र प्लम्विङका साथै आन्तरिक डिजाइनहरू अन्तिम रूप दिइएको छ। विस्तृत योजनाबद्ध डिजाइन हाल तयारीमा छ।

होटल सन् २०२८ को जनवरीदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी छ।

होटलको व्यवस्थापन ह्यात इन्टरनेसनले साउथ वेस्ट एसिया लिमिटेड (एचएमए) ले हेर्ने भएको छ। गोल्याण र ह्यातबीच होटल व्यवस्थापनको सम्झौता भएको छ। वेद हस्पिटालिटी ‘ह्यात रिजेन्सी’ ब्राण्डमा सञ्चालन हुने भएको छ। एचएमएको माउ कम्पनी ह्यात होटल्स कर्पोरेसन हो।

प्रस्तावित होटलमा १७७ कोठा हुनेछन्। पछि विस्तार गरेर २ सय कोठा बनाइने वेद हस्पिटालिटीले जनाएको छ। होटलमा स्विमिङ पुल, कन्फरेन्स हल, ब्याँकेट,स्पा, फुड एन्ड बेभरेजलगायत सबै किसिमका अत्याधुनिक सेवाहरू हुने भएको छ।

पहिलो चरणमा २ सय अत्याधुनिक कोठाहरूका साथै रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो सञ्चालनमा ल्याउने योजना छ। त्यसपछि थप पूर्वाधार तयार पारेर अन्य सुविधा थप्ने ग्रूपले जनाएको छ।

होटल भैरहवा विमानस्थलबाट ८ किलोमिटर दूरीमा छ। होटल भारतको उत्तर प्रदेशको नौतुनवा रेल्वे स्टेशनबाट ३८ किलोमिटर दूरीमा छ।

बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै धार्मिक रूपमा परिचित छ। उत्तर प्रदेश र बिहारका छिमेकी भारतीय राज्यहरूमा कडा नियमहरू लगाएका छन्। भारतीय सिमाना नजिकको गन्तव्य भएकाले होटल नेपालका लागि कर्पोरेट बैठक, क्यासिनो र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बन्ने देखिएको छ। भैैरहवा क्यासिनोको लागि रुचाइएको स्थान हो। वेदलाई उच्चस्तरीय मनोरञ्जन र विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन) पाँचतारे होटलको रूपमा प्रवद्र्धन गर्ने योजना वेद हस्पिटालिटी प्रालिको छ।

गोल्याण होटल लिमिटेडले वेद हस्पिटालिटीको स्थापना सन् २०२२ को डिसेम्बरमा गरेको हो। होटल २ लाख ९१ हजार ७९१ स्क्वायर फिट क्षेत्रमा फैलिने छ।

कोरोना कालमा ग्रुपले सन् २०२१ नोभेम्बरदेखि राजधानीमा पाँचतारे स्तरको सिटी होटल सञ्चालनमा ल्याइसकेको छ। होटलमा १५३ कोठाहरू रहेका छन्। सिटी होटल पनि ह्यातले व्यवस्थापन हेर्दै आएको छ। ह्यातको २० वटा प्रिमियर ब्राण्डका साथै ७६ मुलुकहरूमा १ हजार ३ सय होटल रहेका छन्।

राजधानीमा सञ्चालनमा रहेको ह्यात सेन्ट्रिक होटल पाँच अर्ब रूपैयाँ लगानीमा निर्माण भएको थियो। १४ तलाको होटलमा १५३ कोठा छन्।

प्रकाशित: २०८२ मङ्सिर २ गते मङ्गलबार ०२:१६
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना