२०८३ कार्तिक १६ गते आईतबार

ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागी, चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
taplejung

विराटनगर: ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो। आगलागी कसरी भयो भन्ने यकिन कारण खुल्न सकेको छैन।

रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन्। स्थानीय इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोडौँ रहेको अनुमान गरिएको छ भने मानवीय क्षति भएको छैन।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख वेद प्रसाद गौतमका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। त्यहाँ एक करोड १८ लाख बराबरको क्षति भएको भनि पीडितले जनाएका छन्। इन्द्रकुमार लिम्बुको ढुङ्गामाटो र काठको बेरा बनेको तीन तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। घरमा रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात, घरायसी सामग्रीदेखि सुन दुई तोला, नगद दुई लाख रुपैयाँ, किराना सामान सबै खरानी बनेका छन्। सोही घरमा भाडामा बस्ने दोर्ची शेर्पाका २५ मन अलैंची र १० कुखुरा समेत जलेर नष्ट भएका छन्।

राजकुमार लिम्बुको तीन तले घर पनि पूर्ण रूपमा जलेको छ। घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन चार तोला, चाँदी १५ तोला, नगद दुई लाख रुपैयाँ, किराना सामग्री, कुखुरा १२ वटा सबै जलेका छन्। घरअगाडि पार्किङ गरिएको मे १० प ८२४६ नम्बरको पल्सर मोटरसाइकल समेत जलेर नष्ट भएको छ।

अनिल लिम्बुको घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन दुई तोला, चाँदी एक तोला, नगद तीन लाख रुपैयाँ र किराना सामान तथा २२ कुखुरा जलेर नष्ट भएका छन्। विष्णुप्रसाद लिम्बुको ढुङ्गामाटो र काठको बेरा भएको एक तले घर समेत पूर्ण रूपमा जलेको छ। घरभित्रका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र नगद एक लाख रुपैयाँसहित किराना सामग्री जलेका छन्। घरअगाडि पार्किङ गरिएका मे १ ज ३००३ महेन्द्र म्याक्स र ग ३ च ९८४७ बोलेरो गाडीको बाहिरी भागमा केही क्षति पुगेको प्रहरीले जनाएको छ।

आग नियन्त्रणका लागि नेपाली सेनाको वीरदल गणबाट खटिएको टोली, सहायक सेनानी टेकबहादुर साउदको कमान्डमा रहेको सुरक्षा पोस्टबाट परिचालित समूह तथा नफ्री प्रहरी चौकी साँवाका प्रहरी नायब निरीक्षक ख्यामबहादुर श्रेष्ठको टोली सक्रिय रूपमा जुटेका थिए। स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए।

प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ११:०२
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना