काठमाडौँ: सर्वोच्च अदालतले दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै कारण देखाऊ आदेश जारी गरको छ। आफ्ना बुवालाई गैरकानुनी थुनामा राखिएको भन्दै उनका छोराले दायर गरेको बन्दी रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन प्रहरीसहित विपक्षीका नाममा आदेश जारी गरेको हो।
प्रसाईँलाई सोमबार राति भक्तपुरस्थित निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो।
पछिल्लो समय राष्ट्र, राष्ट्रियता धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँले आगामी मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए।
मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।







