काठमाडौँ: मंगलबार बारा जिल्लाको सिमरामा जेनजी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच भएको झडप र त्यसपछिको सिर्जित अवस्था अन्त्यका लागि वार्ता सुरु भएको छ।
शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना र जेन जी समूह बीच वार्ता सुरु भएको हो।


