काठमाडौँ- त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।
साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुने तय भएपनि केही क्याम्पसमा विवादका कारण मतदानको कार्यक्रम प्रभावित भएको छ। बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको छ।
निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ। प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन। यसपटक प्रत्यक्ष र समानुपातिक प्रणालीबाट स्ववियु कार्यसमिति चयन हुने प्रणाली अवलम्बन गरिएको छ।
राजधानको शंकरदेव र ल क्याम्पसमा भएका निर्वाचन कार्यक्रमका तस्बिर:















