दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा दर्शकहरूको उपस्थिति बाक्लो छ।
टियू ग्राउन्ड परिसरमा अधिकांश दर्शकहरू नेपाली पहिचान स्वरुप ढाका टोपी लगाएर उपस्थित भइरहेका छन्। क्रिकेट हेर्न रंगशाला पुग्ने दर्शकलाई ढाका टोपी लगाउन सामाजिक सञ्जालबाट नै आह्वान गरिएको थियो। क्रिकेटको लोकप्रियतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ढाका टोपी ट्रेण्ड नै चलाएको हो।
एनपीएलमा शनिबारज दुई खेल हुन लागेकोमा बिहान ११ः१५ बजेदेखि भएको पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिडेका थिए। पहिलो खेलमा मार्क वाटको उत्कृष्ट शतकमा लुम्बिनी बिरुद्ध कर्णाली याक्सले ९ विकेटको सानदार जित निकालेको छ।
दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन्।


















