काठमाडौँ: माघे सङ्क्रान्ति आउन डेढ महिना बढी समय बाँकी रहँदै ललितपुरको हरिसिद्धिस्थित चाकु कारखानामा चाकु बनाउन भ्याइनभ्याइ छ। माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन रहेकाले व्यवसायीहरू अहिलेदेखि नै चाकु बनाउन व्यस्त छन्।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि विभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने यो पर्व काठमाडौँ उपत्यकामा यहाँका रैथाने नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ। नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन्। यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन्।
माघे सङ्क्रान्तिमा चाकुलगायतका परिकारको माग उच्च हुने गर्दछ।

























