काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ गर्दैछ।
हालसम्म सुदूरपश्चिमले १८.४ ओभरमा चार विकेटको क्षतिले १५८ रन बनाएको छ।
पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ। सुदूरपश्चिम भने पाँच खेलमा पाँचवटै जितेर १० अंकको अग्रस्थानसहित यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ। यस्तै आजै भएको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गर्दै प्लेअफ सुरक्षित गरेको छ।
जारी खेलमा दर्शकहरूको उत्साही सहभागिता देखिएको छ। सुदूरपश्चिमका हरेक खेलमा टियु क्रिकेट मैदानमा समर्थकहरूको बाक्लो उपस्थिति हुने गरेको देखिएको छ।









