काठमाडौँ: नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म ४४३ मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि अग्रता कायम राखेका छन्।
उनले ३३३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ११० मतसहित पछ्याइरहेका छन्। दुईबिचको मतान्तर २२३ मतको रहेको छ।
यस्तै महाचसिवमा पनि ओली प्यानलका शंकर पोखरेलको अग्रता कायम छ। पोखरेलले २४९ मत पाउँदा उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन्।


