काठमाडौँ: नेकपा एमालेको ११औँ महाधिवेशनबाट शंकर पोखरेल महासचिवमा निर्वाचित भएका छन्।
पोखरेलले एक हजार २२८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेको एमाले निर्वाचन आयोगले जनाएको छ। जितको औपचारिक घोषणा भने हुन बाँकी छ।
अध्यक्षमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली भारी मतान्तरले विजयी भैसकेका छन्। उनले एक हजार ६६३ मत पाउँदा प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याए।


