काठमाडौँ: नेकपा एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् भने अन्य पदाधिकारीमा पनि उनकै प्यानलको वर्चस्व देखिएको छ।
१९ पदाधिकारीका लागि भएको निर्वाचनमा १७ जना ओली प्यानलबाट विजयी भएका छन्। पोखरेल प्यानलबाट दुई जना निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार ओलीले एक हजार ६६३ मत प्राप्त गरेर तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्रै प्राप्त गरे।
यस्तै महासचिवमा ओली प्यानलकै शंकर पोखरेल विजयी भए। पोखरेल एक हजार २२८ मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याए।
उपाध्यक्षहरूमा पाँचमध्ये चार जना ओली प्यानलबाटै पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६)र रघुजी पन्त (१२५८) निर्वाचित भए। यस्तै पोखरेल प्यानलबाट गोकर्णराज विष्ट (१३६८) विजयी भए।


