काठमाडौँ- काठमाडौँमा प्राइड परेड कार्यक्रम गरी प्राइड मन्थ (गौरव महिना) मनाइएको छ। ईश्वी सम्वतअनुसार जुन महिनालाई गौरव महिनाका रूपमा मनाइने गरिन्छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन्।
प्राइडमन्थका अवसरमा काठमाडौंमा शनिबार गौरवयात्रा आयोजना गरिएको छ। सबै समूहका युवायुवती शान्तिवाटिकामा जम्मा भएर नारायणचौरसम्म प्राइड परेड गरेका थिए।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई अवहेलना र विभेद गरिनु, लाञ्छित तुल्याउनु लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित कार्यक्रम सुरु हो। गौरव महिनाको अवसरमा हुने भेला तथा र्याली कार्यक्रमलाई गौरवयात्रा (प्राइड परेड)भन्ने गरिन्छ।






















