काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय वाशुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार अघिल्लो आदेश बदर गर्दै २ करोड ६८ लाख रुपैयाँ जमानतमा थुनामुक्त गर्ने आदेश गरेको हो।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले २०८१ माघ १३ गते एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि धरौटी खारेज हुनुपर्ने भन्दै लामिछाने उच्च पुगेका थिए। तर उच्चले चैत २२ गते जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
त्यसयता लामिछाने कानुनी लडाइँ लडिरहेका थिए।


