२०८३ कार्तिक १६ गते आईतबार

धेरै दौँतरी परदेशिँदा महाचन्द्र गाउँमै रमाउँदै, तरकारी खेतीबाटै महिनामा डेढ लाख कमाउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ६
tarkari_kheti

बाजुरा: कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन्। उमेरले पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ। सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबीच चलेको छ। अनेकौँ कठिनाइ र भोगाइ भोग्दै पाध्यायले अहिले गाउँमै व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानो रूपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।

उनको मेहेनत, लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन्। फर्म दर्ता गरेर पाध्याय तरकारी खेतीमा होमिएका छन्। पाध्यायले ०७७ बाट व्यवसायिक रूपमा तरकारी व्यवसायको थालनी गरेका हुन्। त्यो भन्दा पहिले फाट्टफुट्ट रूपमा तरकारी लगाउँदै आएका थिए। जसबाट थोरथारै कमाई समेत हुने गरेको थियो। २०७८ मा उनले कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान र आफ्नो ५० प्रतिशत लगानी गरेर करिब एक लाख बराबरको प्लास्टिक टनेल निर्माण गरि व्यावसायिक तरकारी खेती सुरु गरेका हुन्। उनले अहिले त्यही प्लास्टिक टनेलबाट तरकारी खेती गरेर यतिबेला जिल्लाकै सफल किसानका रूपमा परिचित छन्।

उनले करिव २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन्। उनकै उमेरका अधिकांश दौँतरीहरू पैसा कमाउन विदेश पलायन भएपनि पाध्याय भने तरकारी खेतीमै सक्रिय छन्। खेतीबाट नाम र दाम दुवै कमाउन थालेपछि उनले ज्यालादारी र कामको लागि भारत जाने योजना कहिल्यै नबनाएको उनले सुनाए। उनले भने, ‘तरकारी खेतीबाट घरखर्च चलाउन पुगेको छ। बजार लगेर बिक्री गर्न पनि भ्याइएको छ। गाउँमै कर्म गर्ने हुटहुटीले बाहिर जाने योजना कहिल्यै आएन।’ व्यावसायिक रूपमा तरकारी खेतीतर्फ लागेको चार पाँच बर्षभित्र राम्रो आम्दानी हुनुका साथै पेशा, व्यवसायबाट आफू निकै सन्तुष्ट रहेको पाध्यायले बताए।

तरकारी बिक्री गरेर सामान्य रूपमा बार्षिक डेढ लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। आम्दानीभन्दा पनि आफूलाई ताजा तरकारी खान र व्यवसायिक बन्न सहज भइरहेको उनी बताउँछन्। तरकारी खेतीबाट नाम र सामान्य रूपमा दाम हुन थालेपछि आफूलाई पेशाप्रति थप हौसला थपिएको बताउँदै उनले तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालन पोषण भइरहेको बताए।

आगामी दिनमा पेशा व्यवसायलाई थप बढवा दिने उनको भनाई छ।व्यक्ति कर्मशिल हुन जरुरी रहेको कुरामा पाध्यायले जोड दिए। उनले भने,‘व्यक्ति कर्मशिल र लगनशील भए हरेक चिज गाउँ सम्भव हुने रहेछ।हामी गाउँमा रोजगारीका अवसर छैनन् भन्छौँ। तर आफ्नै गाउँको माटोमा पशिना बगाए सुन समेत फलाउन सकिने रहेछ।’ पाध्यायले टनेलमा मौसम अनुसारका तरकारी फलाउने गरेका छन्।

टनेलभित्र टमाटर, काँक्रो, काउली, बन्दा, रायो, डल्ले खुर्सानी, गाँजरलगायत तरकारी उत्पादन गर्ने गरेका छन्। उनले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती समेत गरिरहेका छन्। तरकारी मात्रै नभई पाध्यायले फलफूल समेत उत्पादन गर्ने गरेका छन्। तरकारी खेतीका साथसाथ उनले सुन्तला, किवी, मौसमीलगायतका फलफूलको खेती गरेका छन्।

त्यस्तै दाँते ओखर, विभिन्न बोटविरुवा वृक्षरोपण गरि व्यावसायिक पेशा थालनी गरेका छन्।तरकारी तथा फलफूल व्यवसाय नै उनको जीवनको ढकढुकी बनेको छ। पाध्यायको फार्ममा करेला,घिरौँला,लौका,फर्सी,बोडी, सिमी भेन्टा, धनियाँ समेत उत्पादन हुने गरेका छन्। बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रा ५० मा धमाधम बिक्री हुने गरेको उनले बताए।

‘तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दा मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ’, उनले भने,‘हिउँदे र बर्खेयाम अनुसारको तरकारी खेती गर्दै दिनहरू बितिरहेका छन्।’

उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्। पछिल्लो समय आफ्नो पेशा व्यवसाय गाउँका अन्य व्यक्तिले सिको गरेको उनको भनाइ छ। आफ्नै गाउँको माटोमा कर्म गरेर व्यावसायिक बन्न उनले सुझाव दिएका छन्। परदेशमा अरुको दवाव सहेर काम गर्नु भन्दा स्वदेशमै बसेर आफ्नै गाउँमा कर्म गर्नु उचित रहेको उनको भनाइ छ।

प्रकाशित: २०८२ पुस ६ गते आईतबार ०३:०६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना