काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वनस्थलीस्थित पार्टी कार्यालयमा बाजागाजा र नाचगानसहित भव्य स्वागत गरिएको छ। आइतबार पार्टी कार्यालय फर्किएका लामिछानेलाई उनका समर्थक र कार्यकर्ताले स्वागत गरेका हुन्।
गएको बिहीबार लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले २ करोड ६८ लाख रुपैयाँ जमानतमा थुनामुक्त गर्ने आदेश गरेको थियो। थुनामुक्त भएसँगै उनी पार्टीको मुख्य जिम्मेवारीमा फर्कन लागेका हुन्। लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै रास्वपाले लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ।



















