काठमाडौँ: नेपाली कांग्रेस डोटीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नाम सिफारिस गरेको छ। डोटी कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ वीरबहादुर बलायर, पदमराज जोशी, भक्तबहादुर बलायर, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, श्यामराज ओझासहित १७ जनाको नाम सिफारिस गरेको हो।
यसैगरी डोटी जिल्लाबाट सिफारिस हुनेमा गोरखबहादुर विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, नरेन्द्रबहादुर सिंह, भक्तबहादुर मल्ल, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, हर्कबहादुर देउवा रहेका छन्।
यस्तै समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह शाही, प्रसिस महरा, हिक्मतसिंह चोपरा, मायादेवी कुँवर, लालबहादुर विकको नाम सिफारिस भएको छ।


