आफूलाई जेनजी अगुवा भनेर चिनाउने मिराज ढुङ्गाना समूहले सोमबारबाट सुरु गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँको माइतीघर क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ। प्रदर्शनका लागि युवाहरुको संख्या बढ्ने देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएको हो।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले सोमबारदेखि माइतीघर मण्डलालगायत जिल्ला-जिल्लामा प्रदर्शन हुने घोषणा गरेको थियो।