काठमाडौँ- कीर्तिमानी आरोही फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटुको पनि आरोहण गर्ने भएकी छन्। त्यसका लागि पाकिस्तान प्रस्तान गर्नुअघि शनिबार राजधानीमा आफ्नो क्लाइम्बिङ गियर प्रदर्शनी गरेकी छन्।
श्रेष्ठले यसअघि नै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेकी छन्। २०७८ जेठ ५ गते उनले बिहान ८ बजेर १० मिनेटमा सगरमाथा आरोहण गरेकीथिइन्। सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो फोटोपत्रकारसमेत हुन्।
गोरखा जिल्लाको आरुघाटमा जन्मेकी श्रेष्ठले २०७४ भदौमा किलर माउण्टेनको रुपमा रहेको मनास्लु हिमालको समेत सफल आरोहण गरेकी थिइन्।













