२०८३ कार्तिक १५ गते शनिवार

एउटै मञ्चबाट गृहमन्त्री र मुख्यमन्त्रीको फरक–फरक अभिव्यक्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ९
photo-5_31d13de3

सुर्खेत: गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमुख अतिथि, मुख्यमन्त्री विशेष अतिथि कार्यक्रमको विषय प्रदेशस्तरीय सुरक्षा गोष्ठी। मञ्च एउटै । विषयवस्तु एउटै । तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक–फरक अभिव्यक्तिले कार्यक्रमका सहभागीलाई समेत अन्योल बनायो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ? भनी प्रश्न गरे।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रमुख काम निर्वाचन सफलतापूर्वक कार्यान्वयन गर्नु रहेको भन्दै निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र भय–रहित रूपमा निर्वाचन सम्पन्न सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।

‘जेनजी आन्दोलनको बलमा बनेको यो सरकारका लागि घोषित मितिमा निर्वाचन गर्नु प्रमुख कार्यभार हो,’ उनले भने, ‘मौसम प्रतिकूलताका कारण एकाध स्थानमा निर्वाचन हुन नसके पनि सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरिरहेको छ। चुनावका लागि राजनीतिक दलहरू पनि क्रमिक रुपमा तयारीमा लागेको गृहमन्त्रीको भनाइ थियो।

‘चुनावका लागि राजनीतिक दलहरू पनि तयारीमा रहेको बुझेका छौँ,’ उनले भने, ‘युवा पुस्तालाई दलहरूमा सहभागि गराउनेतर्फ पनि दलहरूले प्रयास गरिरहेकै छन्।’ जेनजी पुस्ताको मागहरू सम्बोधन गरेरै मुलुकमा सुशासन कायम गर्नुपर्ने उनको भनाइ थियो। जेनजी पुस्ताको मागका सम्बन्धमा सरकारबीच भएको सम्झौताअनुसार अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

सोही कार्यक्रममा बोल्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले प्रमुख राजनीतिक दलहरूलाई पाखा राख्ने निर्वाचन गराउने सोच त्याग्न सरकारलाई सुझाव दिए। ‘निर्वाचनको विषयमा थुप्रै संशयहरू उत्पन्न भएका छन्,’ मुख्यमन्त्री कँडेलले भने, ‘दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बनाउन सकिन्छ। दलहरूलाई पाखा लगाएर निर्वाचन गर्न सकिने अवस्था रहँदैन।’ सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण तयार नभएको अनको भनाइ थियो।

भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षाको प्रत्याभूति हुनु प्रमुख विषय भएको भन्दै वर्तमान सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेको उनले बताए। सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानबाट मुक्त हुनुपर्ने धारणा राखे।

उनले भने, ‘यहाँ व्यक्त नभएपनि सुरक्षाकर्मी साथीहरू एक प्रकारले मनोवैज्ञानिक रुपमा त्रसित हुनुहुन्छ,’ उनले भने, ‘उहाँलाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधा हुनुहुन्छ यस्तो अन्यौलपूर्ण अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सक्ला ?’ उनले प्रश्न गरे।

प्रकाशित: २०८२ पुस ९ गते बुधबार ०२:२५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना