२०८३ कार्तिक १५ गते शनिवार

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १०
galaicha

मलेखु: यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन महिनाको तालिम लिएर गलैँचा बुन्न थालेकी थिइन्। घरमै गलैँचाको तान (ठग्टी) हालेर गलैँचा बुन्दै आएकी उनले हालै सो काम छाडेकी छन्। सुरुमा सोचेजस्तो आम्दानी नभएपछि उनले काम छाडेकी हुन्।

उनले भनिन्, ‘राम्रै आम्दानी हुन्छ कि भनेर तालिम लिएरै गलैँचा बुन्न थालियो। एउटा गलैँचा बुन्न तीन साता लाग्छ तर बुनेको ज्याला पाँचदेखि सात हजार  मात्र पाइन्छ।’ सुरुमा सिक्दा नजानेर ढिलो भएको होला भन्ने लागे पनि पछिसम्म जति बुन्दा पनि मेहनत अनुसार आम्दानी नभएपछि काम छाडेको देवकी बताउँछिन्। देवकीलेझैँ उनका धेरै गाउँले महिलाहरुले गलैँचा बुन्ने काम क्रमशः छाड्न थालेका छन्।

महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडा कार्यालयले प्रशिक्षक राखेर तालिम दिएको थियो। उनीहरुलाई वडाले तान पनि उपलब्ध गराएको थियो। मेहनतअनुसार आम्दानी नभएपछि महिलाहरुले वडा कार्यालयलाई तान फिर्ता गर्न थालेका छन्।  आफूले तयार पारेको एउटै गलैँचा विदेशमा २० देखि २५ हजार रुपैयाँमा बिक्री हुन्छ भन्ने उनीहरुले सुनेका छन्। तर बुनेको ज्याला सोचेभन्दा निकै कम पाएको नीलकण्ठ नगरपालिका–८, रामकोटकी लक्ष्मी श्रेष्ठले बताइन्।

गलैँचाका लागि आवश्यक कच्चापदार्थ कहाँबाट आउँछ, बुनेका गलैँचा कहाँ लगेर बिक्री गर्ने भन्नेबारे श्रमिकहरूलाई थाहा हुँदैन। गाउँमा गलैँचा उत्पादक कम्पनीका प्रतिनिधि जान्छन्। आवश्यक धागो, कैँची, तान र गलैँचाको नक्शासमेत घरमै पुर्‍याइदिन्छन्। ज्याला पनि उनै प्रतिनिधिले तोकि दिन्छन्। श्रेष्ठले भनिन्, ‘कम्पनीको मान्छेले सबै सामान ल्याइदिन्छ, हाम्रो लगानी पर्दैन। तर पनि हाम्रो दैनिक ज्याला उठ्दैन।’

विभिन्न ठाउँमा प्रशिक्षकको रुपमा काम गर्दै आउनुभएका लालबहादुर श्रेष्ठले घरमा बसेर गर्न मिल्ने भएकाले ज्याला थोरै दिने गरेको बताइन्। कम्पनीले कति रुपैयाँ दिन्छ भन्नेबारे आफूलाई थाहै नहुने बताइन्। मोटो वा मसिनो धागो र चित्रअनुसार ज्याला फरक छ। मोटो धागोको बुन्न छिटो हुन्छ, पैसा कम दिन्छ। मसिनो धागोको बुन्न गाह्रो र ढिलो हुन्छ पैसा धेरै आउँछ। लामो समयदेखि गलैँचा बुन्न सिकाउँदै आएका लालबहादुरका अनुसार मोटो धागोले बुन्न १८ देखि २० दिन लाग्छ भने मसिनो धागोले एउटा गलैँचा तयार गर्न एकजनालाई ४० देखि ४५ दिन लाग्छ।

मोटो धागोबाट तयार पारेको बुट्टाअनुसार पाँचदेखि सात हजार र मसिनो धागोबाट तयार पारेको १७ देखि १८ हजार ज्याला दिन्छ। एक वर्षअघि वडा कार्यालयले दिएको तालिममा २० जनाले गलैँचा बुन्न सिकेका थिए। १८ जनाले तान घरमै लगेर बुन्न थालेका थिए। तर हाल सो सङ्ख्या घटेर पाँचजनामा झरेका छन्।

गलैँचा कम्पनीका प्रतिनिधि बुद्धसिंह तामाङकाअनुसार कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ र गलैँचा तयार गरिसकेपछि फेरि विदेशमै निर्यात गरिन्छ। महिलाले बुनेका ९० सेन्टिमिटर चौडाइ र १९० सेन्टिमिटर लम्बाइको गलैँचाको बजार मूल्य बुट्टाअनुसार १५ देखि २५ हजार पर्छ। ढुवानी, प्रशोधन गरी बिक्रीका लागि तयार गर्दा खर्च धेरै हुने भएकोले श्रमिकलाई पाँचदेखि सात हजारभन्दा बढी ज्याला दिन नसकिने उनको भनाइ छ।

कमजोर अध्ययनको भरमा कार्यक्रम गर्दा यस्ता अवस्था आउने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले बताए। स्थानीय तहले हचुवाको भरमा बजेट हाल्ने र पहुँचको आधारमा बजेट लगानी गर्दा पनि समस्या भएको पुरीको भनाइ छ।

नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्थानीय महिलाको मागअनुसार तालिम सञ्चालन गरेको बताए। धादिङको नीलकण्ठ, नेत्रावती, गङ्गाजमुना, सल्यानटार, महादेवबेँसी लगायतका स्थानमा गलैँचा बुन्ने श्रमिकहरू छन्। जिल्लाभर चार सयको हाराहारीमा गलैँचा बुन्ने श्रमिक छन्।

प्रकाशित: २०८२ पुस १० गते बिहिबार ०१:३६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना