२०८३ कार्तिक १५ गते शनिवार

को हुन् मन्त्री बन्दै गरेका पूर्वरथी बालानन्द शर्मा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
balanand_sharma

काठमाडौँ: नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै शर्मालाई मन्त्री नियुक्त गर्न लागेकी हुन्। उनलाई आज शपथग्रहण गराउने तयारी गरिएको छ। शर्मालाई परराष्ट्र वा रक्षामध्ये एक जिम्मेवारी दिने सम्भावना छ।

को हुन् शर्मा?

पूर्वरथी शर्मा एक समय प्रधानसेनापतिको सबैभन्दा बलियो सम्भाव्य उम्मेदवारसमेत थिए। २०६२/६३ को जनआन्दोलनपछि देश अत्यन्त संवेदनशील मोडमा थियो। राजनीतिक संक्रमण, माओवादी विद्रोहको अन्त्य र शान्ति प्रक्रियाको कार्यान्वयन सबैभन्दा चुनौतीपूर्ण विषय बनेका थिए। आन्दोलनको रापतापमा पुन:स्थापित प्रतिनिधि सभाबाट प्रधानमन्त्रीमा निर्वाचित भएका गिरिजाप्रसाद कोइराला शक्तिशाली थिए। जनआन्दोलनमा भएको व्यापक दमन छानविनका लागि गठित रायमाझी आयोगले तत्कालीन प्रधानसेनापति प्यारजंग थापालगायतलाई कारबाहीको सिफारिस गरेको थियो। सेनापति बन्ने लाइनमा थिए, रथी रुक्मांगद् कटवाल।

तर कटवला दरबार निकट मानिन्थे। त्यसकारण तत्कालीन प्रधानमन्त्री कोइरालाले कटवाललाई कारबाही गरेर विकल्प खोज्न चाहन्थे। त्यसैक्रममा संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा सिरियाको गोलान हाइटमा कार्यरत शर्मालाई कोइरालाले प्रधानसेनापतिका लागि प्रस्ताव गरेका थिए। तर आफूभन्दा वरिष्ठ अधिकारी कटवाल भएको बताउँदै उनले आफू सेनापति बन्न नमिल्ने जवाफ फर्काएका थिए।

त्यसपछि उनी सेवानिवृत्त भए। सेवानिवृत्त भएपछि सरकारले शर्मालाई सेना समायोजन विशेष समिति सचिवालयको संयोजकको जिम्मेवारी सुम्पियो। प्रधानमन्त्रीको नेतृत्वमा रहने, प्रमुख दलका शीर्ष नेताहरू सदस्य रहने समितिमा बसेर उनले सबै पक्षलाई स्वीकार्य हुने खाका तयार पार्नुपर्ने थियो। राजनीतिक अविश्वास, संस्थागत डर र द्वन्द्वकालीन घाउबीच सन्तुलन कायम गर्नु सजिलो काम थिएन।

तर, करिब ३० हजार प्रमाणीकृत लडाकूमध्ये सीमित संख्यालाई मात्रै सेनामा समायोजन गर्दै बाँकीलाई पुनःस्थापनामा लैजाने प्रक्रिया अपेक्षाभन्दा सहज रूपमा अघि बढ्यो। धेरैले असम्भव ठानेको काम सम्भव भएको भन्दै त्यसवेला उनको प्रशंसा भएको थियो।

यस्तै २०७८ जेठमा उनलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख नियुक्त गरेको थियो। निर्देशक समिति मातहत रहेर पूर्वरथी शर्माले सीसीएमसीको नेतृत्व गरेका थिए।

प्रकाशित: २०८२ पुस ११ गते शुक्रबार ०१:१८
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना