काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वरथी बालानन्द शर्मालाई राष्ट्रपति नियुक्त गरेका हुन्।
नियुक्तिलगत्तै शर्माले शपथ ग्रहण गरेका छन्। शर्मा नेपाली सेनाका पूर्वरथी हुन्। शर्मा माओवादी लडाकूलाई शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए।
यस्तै २०७८ जेठमा उनलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख नियुक्त गरेको थियो। निर्देशक समिति मातहत रहेर पूर्वरथी शर्माले सीसीएमसीको नेतृत्व गरेका थिए।


