काठमाडौँः नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


