काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो। यसदिन सुन तोलामा ६ सय रुपैयाँ घटेको हो।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। पछिल्लो समय निरन्तर बढ्दै गएको चाँदीको मूल्य तोलामा ५ हजारको कीर्तिमानी विन्दु चुम्ने लाइनमा छ।

आइतबार ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ।