काठमाडौँ: संखुवासभाको एक गाउँमा करोडौँको अलैँची बेचेर किसानहरूले टेबलमा पैसाका बिटा राखेर भाग लगाएका छन्। सिलिङचोङ गाउँपालिका-१ सिसुवाखोला गोगनेका किसानले सामूहिक खेतीबाट अलैँची खेतीबाट एक करोड १७ लाख आम्दानी गरेका हुन्।
गोगनेका किसानहरूले सात वर्षदेखि सामूहिक खेती गर्दै आएका छन्। सामूहिक खेतीबाट आम्दानी गरिएको उक्त रकम किसानहरूले टेबलमा राखेर बाँडफाँड गरेका छन्। हाल उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रयोगकर्ताले गोगनेका किसानको प्रशंसा गर्दै तस्बिर शेयर गरिरहेका छ्न्।
गोगनेका किसानहरूले सामूहिक खेतीबाट भएको आम्दानी संयुक्त बाँडफाँड गरेकोमा व्यक्तिगत रूपमा पनि यहाँका किसानले अलैँची खेती गर्दै आएका छन्। उनीहरूको व्यक्तिगत आम्दानी छुट्टै रहेको छ।



