काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, मन्त्री कुलमान घिसिङ समेत मिलेर बनेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भाइरल मेन’देखि व्यवसायी र खेलाडीसम्मलाई समेटेर समानुपातिक सूची तयार गरेको छ।
पार्टीले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा, क्रिकेटर ज्ञानेन्द्र मल्ल, गायक प्रकाश सपूत, नायिका रीमा विश्वकर्मा, गायिका त्रिसला गुरुङ र सत्कला राई, पूर्व मिस नेपाल तथा मोडल अनुष्का श्रेष्ठ, टिभी होस्ट तथा नायक आसिफ शाहलगायत ११० जनाको नाम रहेको छ।
यसैगरी विवकेशील पार्टीबाट आएका रञ्जु दर्शना र समीक्षा बाँस्कोटा पनि सूचीमा समेटिएका छन्।
रास्वपा सभापति लामिछानेका विश्वासपात्रहरू विपिनकुमार आचार्य पनि सूचीमा छन्। यस्तै लामिछानेलाई थुनामुक्त गर्न निरन्तर साथ दिएका प्रमोद न्यौपाने र प्रतिभा रावल पनि सूचीमा परेका छन्। पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी तथा व्यवसायी सुदीप आचार्यकी श्रीमती लिमा अधिकारी पनि सूचीमा अटाएकी छन्।
व्यवसायी राणा महिलातर्फ दोस्रो स्थान र लिमाको नाम तेस्रो स्थानमा छ। फुटबल चितवन क्लव (एफसी चितवन) तथा हस्पिटालिटी व्यवसायमा संलग्न ढकाल पुरुषतर्फ दोस्रो स्थानमा छन्।
क्रिकेटर मल्ल आदिवासी जनजाति क्लस्टरको पुरुषतर्फ पाँचौँ नम्बर, गायक सपूत लित पुरुष क्लस्टरतर्फ दोस्रो नम्बर, लामिछानेका विश्वासपात्र तथा रास्वपका नेता आचार्य खस आर्य क्लस्टरको पुरुषतर्फको पहिलो नम्बर र कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीका तत्कालिन अध्यक्ष रही हाल रास्वपामा समाहित भएका अनुपकुमार उपाध्यायलाई समानुपातिक सूचीको छैटौँ नम्बरमा छन्।
यस्तो छ सूची






