२०८३ कार्तिक १५ गते शनिवार

सबै निर्माण व्यवसायी गलत छैनन्, राम्रालाई प्रोत्साहित गर्नुपर्छ: मन्त्री घिसिङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १५
photo-10_134a9adc

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक मर्मत–सम्भारमा बजेट अभाव र संघीय, प्रदेश तथा स्थानीय तहबीचको समन्वयको कमीले समस्या उत्पन्न भइरहेको बताएका छन्।

मंगलबार सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले राजस्वका रूपमा संकलन गरेको सम्पूर्ण रकम सडक बोर्डले नियमित कार्यक्रमका लागि प्रयोग गर्न नपाउँदा धेरै सडक मर्मत हुन नसकेको बताए। उनका अनुसार मुख्य राजमार्ग र सहायक सडकहरूको मर्मत–सम्भार सरकारको दायित्व भए पनि स्रोत सीमितताका कारण सबै ठाउँमा अपेक्षित काम हुन सकेको छैन।

संघीय संरचनाका कारण अधिकारको स्पष्ट विभाजन नहुँदा जनतामा भ्रम रहेको मन्त्री घिसिङको भनाइ छ। ‘स्थानीय तहले गर्नुपर्ने साना कल्भर्टदेखि सडकसम्मको माग संघीय सरकारलाई आउने गरेको छ,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीचको कार्यक्षेत्र अझै स्पष्ट रूपमा बुझिनसकेको देखिन्छ।’

उनले लामो समयसम्म काम नगर्ने निर्माण व्यवसायीका ठेक्का तोड्नु सरकारको बाध्यता भएको स्पष्ट पार्दै सबै व्यवसायीलाई दोषारोपण गर्न नहुने बताए। ‘राम्रा निर्माण व्यवसायी पनि छन्, जसलाई प्रोत्साहन गरिनुपर्छ,’ उनले भने। साथै निर्माण क्षेत्रको क्षमता अभिवृद्धि बिना समग्र विकास सम्भव नहुने धारणा राखे।

सडक बोर्डमार्फत स्थानीय तहबाट आएका धेरै मर्मत र विस्तारसम्बन्धी मागहरू बजेट सीमितताका कारण पूरा गर्न कठिन भएको उल्लेख गर्दै उनले उपलब्ध स्रोतलाई प्रभावकारी र पारदर्शी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। मन्त्री घिसिङले वर्षौँसम्म काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोड्नु सरकारको बाध्यता भएको बताए। उनले अत्यधिक कम मूल्यमा ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्तिले जनतालाई ठूलो सास्ती दिएको उल्लेख गरे।

‘अहिले हामी धेरै ठाउँमा ठेक्का तोड्ने र ठेक्कालाई व्यवस्थापन गर्ने कामहरू गरिरहेका छौँ र धेरै ठेक्काहरू तोड्ने काम पनि भइरहेको छ। त्यो वास्तवमा हाम्रो बाध्यता हो,’ उनले भने, ‘वर्षौँसम्म काम नभएका ठेक्काहरू तोडिएको हो, धेरै वर्षसम्म काम नहुने र जनतालाई धेरै नै दुःख आउने र धेरै बिलोमा आएर ठेक्का लिने र काम नहुने अवस्थालाई व्यवस्थापन गर्नलाई बाध्य भएर हामीले तोड्नुपर्ने अवस्था हो।’

सबै निर्माण व्यवसायी गलत नभएको स्पष्ट पार्दै उनले समयमै गुणस्तरीय काम गर्ने व्यवसायीहरूलाई निरन्तर प्रोत्साहन गरिएको पनि बताए।
‘सबै निर्माण व्यवसायी हामीले गलत भनेको होइन। धेरै राम्रा निर्माण व्यवसायीहरू पनि छन् जसले राम्रा काम पनि गरेका छन्, सही समयमा काम गरेको पनि छन्। यस्ता व्यवसायीहरूलाई हामीले निरन्तर रूपमा प्रोत्साहन पनि गरेका छौँ,’ उनले भने।

उनले विकास निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै क्यापासिटी बिल्डिङ र नीतिगत सुधारमा सरकार अघि बढ्ने पनि बताए।

प्रकाशित: २०८२ पुस १५ गते मङ्गलबार ०२:१३
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना