काठमाडौँ: नेपाली कांग्रेसले निर्वाचन आयोगमा पठाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलपुत्री संज्ञा पोखरेल पौडेलदेखि राष्ट्रपति र पूर्वराष्ट्रपतिका छोराछोरीदेखि पटक–पटक सांसद् र मन्त्री बनेका अर्जुननरसिंह केसीसम्म अटाएका छन्।
समानुपातिक सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री संज्ञा पोखरेल पौडेलको नाम राखेको छ। उनलाई महिलातर्फ समानुपातिक सूचीमा राखिएको हो। यस्तै प्रथम राष्ट्रपति रामवरण यादवका पुत्र डा चन्द्रमोहन यादवलाई पनि समानुपातिकमा समेटिएको छ।
यसैगरी पटक–पटक मन्त्री र सांसद बनेका केसीको नाम पनि समानुपातिकमा राखिएको छ। उनी कांग्रेस महामन्त्री गगन थापाका ससुरा समेत हुन्। केसीलाई थापाको प्रयासमा समानुपातिक सूचीमा राखिएको आरोप लागेपछि उनले स्पष्टीकरण दिएका छन्। थापाले सामाजिक सञ्जालमार्फत् आफ्नो चाहना, अनुरोध र हरसम्भाव प्रयास विपरीत केसीलाई समानुपातिकमा राखिएको स्पष्ट पारेका छन्।
यस्तै पूर्वमन्त्री रोमी गौचन थकाली, पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेती र बहिनी गोमा केसीलगायतको नाम पनि समानुपातिक सूचीमा राखिएको छ।
कांग्रेसले यसपटक अधिकांश नयाँ अनुहारहरूलाई समानुपातिक उम्मेदवार बनाएको छ।
यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार
भीष्मराज आङ्देम्बे
गोपालमान सिंह
थलकुमार लिंखा
विजय सम्बाहाम्फे
गीता गुरूङ
गीताकुमारी सेन्दाङ
सविता राई
प्रेमिका राना मगर
निर्मला गुरूङ
गोमाकुमारी भट्टराई
सुशीला ढकाल आचार्य
रूकमणिदेवी कोइराला
रिना उप्रेती
जमिल अख्तर मियाँ
गोमा केसी
डा. प्रमिला गच्छदार
मनुमाया विश्वकर्मा
चण्डेश्वर शर्मा खत्वे
नगमा शाहिद
चन्दन झा
मनहरि श्रेष्ठ
सत्यनारायण चौधरी
रामसुन्दर महरा
कञ्चनाकुमारी पासवान
निनु कर्ण
कविता यादव
सुजाता देवी
परमिला महतो
औरमिला कुमारी यादव
मोहम्मद अन्सार खाँ
डा. चन्द्रमोहन यादव
महेन्द्र यादव
रामनरेश कुशवाहा
राजेन्द्र जयसवाल
प्रियङ्का दास
पवित्रा सुनार
सहजान खातुन
शान्ताकुमारी तामाङ
नियती सिंह
ग्याल्जे शेर्पा
पेम्वा छिरिङ तामाङ
सेतेमान तामाङ
महेन्द्र थिङ
विनोदप्रकाश कायस्थ
जगतबहादुर तामाङ
गणेशमान चक्रधर
भीमसेनदास प्रधान
नारायण श्रेष्ठ
डा. गंगालक्ष्मी अवाल
रेणुका काउचा
कमला राजभण्डारी
सकुन्तला शर्मा
अर्जुननरसिंह केसी
श्रीविनोद भट्टराई
सीतादेवी देवकोटा
सीता थपलिया (उर्मिला)
उमा शिवाकोटी
शर्मिला श्रेष्ठ
छिरिङ डोल्मा शेर्पा
नरेन्द्रजंग थापा
हरिशरण नेपाली
संज्ञा पोखरेल पौडेल
जगतबहादुर बराम
आइबहादुर गुरूङ
रोमी गौचन थकाली
राधा कार्की
माया राना
इन्दिरा खनाल
पार्वती आचार्य
संगीता घिमिरे
सिर्जना मल्ल
सुन्दर स्नेही
रामानन्द चौधरी (ललन)
झकबहादुर पुन
पुष्पा श्रेष्ठ
सुनिताकुमारी सुवेदी श्रेष्ठ
तौला राना
डा. चन्द्रमोहन यादव
उषा राउत मिश्र
गंगा शाही
कृष्णप्रसाद अधिकारी
विमला गैरे
रिता सिंह वली
मधुप्रसाद न्यौपाने
मीनराज चौधरी
सन्तप्रसाद चौधरी
प्रतिमा चौधरी
देवीका नेपाली
ललिता सुनार
दुखीराम लोनिया
मिश्रीलाल यादव
दीपनारायण वर्मा
अकिल मियाँ
ध्रुवबहादुर मल्ल
रोम रोकाय
कालीबहादुर सहकारी
पार्वतीकुमारी गिरी
ताराबहादुर लामा
सरस्वती श्रेष्ठ
मानबहादुर नेपाली
हजारी नेपाली वादी
कविर सिंह कार्की
यज्ञनिधि कोइराला
दीपेन्द्रबहादुर वम
विद्यादेवी तिमिल्सिना
रिताकुमारी चौधरी
प्रिसिस महरा
कल्पना केसी
टेकबहादुर विक
हरिना कामी


