काठमाडौँ: व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले लगानी विविधिकरण गरेर होटेल क्षेत्रमा प्रवेश गरेका छन्। जलविद्युत र शेयर बजारमा लगानी केन्द्रित गरिरहेका प्रधानले काभ्रेको बनेपास्थित नागी डाँडामा पाँचतारे स्तरको लस्ट होराइजन जंगल रिसोर्ट बनाइरहेका छन्। रिसोर्ट एटमोस्फियरको आरुन्य नेचर रिसोर्ट ब्राण्डमा सञ्चालन हुने भएको छ।
रिसोर्टको ७० प्रतिशत काम सकिएको छ । अब ३० प्रतिशत काम बाँकी रहेको छ। आउँदो मे महिनामा सञ्चालनमा ल्याउन तयारी भएको लस्ट होराइजनका अध्यक्ष प्रधानले बताए। रिसोर्ट निर्माणको काम उन्नत चरणमा रहेको छ। उनले होटललगायत अन्य पूर्वाधारसहित १० अर्ब रुपैयाँ लगानी हुने जानकारी दिए।
रिसोर्ट बनाउन एक अर्ब ३२ करोड १० लाख रुपैयाँ लगानी हुने भएको छ। जसअनुसार ६९ प्रतिशत बैंकको ऋण र बाँकी ३१ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। ४९ करोड ४० लाख रुपैयाँ ऋण लगानी भैसकेको छ।

यस्तै संस्थापकहरुले ३१ करोड रुपैयाँ इक्विटी लगानी गरिसेकको लस्ट होराइजनले जनाएको छ। निर्माणाधीन लक्जरी रिसोर्टमा ६० कोठा हुनेछन्। डिलक्स रुम, स्वीट रुम, भिल्लाज र टेन्टलगायत सुविधा हुनेछ। रिसोर्टमा फुड एन्ड बेभरेज, ज्याकुजी, सम्मेलन हल, बैंक्वेट हल, भिल्ला, स्पालगायत अन्य सबै आधुनिक सुविधाहरू समावेश हुनेछन्।
अरुन्य रिसोर्टको व्यवस्थापन तथा सञ्चालनको जिम्मा माल्दिभ्सको एटमस्फियर रिसोर्ट एन्ड होटेलले पाएको छ। एटमस्फियर कोरले रिसोर्टको व्यवस्थापन गर्ने सम्झौता भएको छ । लस्ट होराइजनले जेनेरिक इन्भेस्टमेन्ट्ससँग ‘ब्रान्ड लाइसेन्स सम्झौता’ गरेको हो। एटमोस्फियर होटल्स एण्ड रिसोट्र्सको ब्रान्ड लाइसेन्स प्रदान गरेको छ। यो सम्पत्ति ‘एटमोस्फियरद्वारा आरुन्य नेचर रिसोर्ट’ अन्तर्गत सञ्चालन हुनेछ।
एटमोस्फियर होटल्स एण्ड रिसोट्र्स एक लक्जरी आतिथ्य ब्रान्ड हो। एटमोस्फियरको लक्जरी अवधारणा नेपालमा ल्याउनेछ। एटमोस्फियरद्वारा आरुन्य नेचर रिसोर्ट अन्तर्गत सञ्चालन गरेर रिसोर्टले एटमोस्फियर समूहको विश्वव्यापी मापदण्ड र प्रतिष्ठाबाट लाभान्वित हुने सम्भावना छ।

रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३२ किलोमिटरको दूरीमा छ।
काभ्रेपलाञ्चोक जिल्लामा पर्यटन उद्योगमा ठूलो सम्भावना छ। यो काठमाडौं उपत्यकाको पूर्वमा अवस्थित छ, जसले गर्दा प्राकृतिक सौन्दर्य र सांस्कृतिक दुवै खोज्ने पर्यटकहरुका लागि यो सुविधाजनक विश्रामस्थल बनेको छ। यस जिल्लाको परम्परागत गाउँ, टेरेस्ड फाँट र ऐतिहासिक स्थलहरूको मिश्रणले यसलाई पर्यटक र साहसी दुवैका लागि भ्रमण गर्नै पर्ने गन्तव्य बनाउँछ।
प्रधानको ‘ड्रिम प्रोजेक्ट’ अरुण्य रिसोर्टको पहिलो चरणमा पूर्वाधार निर्माणको काम भइरहेको छ। रिसोर्ट पूर्वाधार प्रत्येक दुई दुई वर्षमा बढाउँदै गएर पाँच चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। रिसोर्टको सबै परियोजना सम्पन्न गर्न १० वर्ष लाग्ने उनले बताए । चरणवद्ध रूपमा जाँदा रिसोर्टले कमाएको रकम विस्तारमा लगानी गर्ने योजना प्रधानको छ। रिसोर्ट बनाउन अहिलेसम्म २२५ रोपनी जग्गा खरिद गरिएको उनले सुनाए।
आराम र नवीकरणको लागि शान्तिमय रिट्रीटको रूपमा डिजाइन गरिएको, यसले समय सम्मानित उपचार र आधुनिक वेलनेसको मिश्रण प्रदान गर्नेछ जहाँ स्थिरता र मौनतालाई अँगाल्ने बताइएको छ। हस्ट होराइजन सन् २०२३ मा स्थापना भएको हो।


