काठमाडौँ: भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखको स्थान हद फुकुवा गरेको छ। लेखकसँग आयोगले सोमबार र बुधबार बयान लिएको थियो।
बयानपछि लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गरिएकोमा स्थान हद फुकुवा गरिएको जानकारी आयोगको सचिवालय जनाएको छ।
आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई स्थान हद लगाएको थियो। बयानपछि ओलीबाहेक सबैको स्थान हद फुकुवा भैसकेको छ। ओलीको भने बयान लिन बाँकी रहेकोमा आयोगले पत्र काट्ने तयारी गरेको छ।


