२०८३ कार्तिक १२ गते बुधबार

एक्सले कन्टेन्ट क्रियटरलाई युट्युबभन्दा बढी पैसा दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
x

एजेन्सी: सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) का मालिक एलन मस्कले कन्टेन्ट क्रिएटरलाई दिइने भुक्तानी उल्लेख्य रूपमा बढाउने संकेत गरेका छन्। मस्कको यो कदम सफल भएमा एक्सले कन्टेन्ट क्रिएटरलाई दिने आम्दानी युट्युबभन्दा पनि बढी हुनेछ।

इन्टरनेटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) बाट उत्पादन हुने सामग्रीको प्रभाव बढ्दै गएको सन्दर्भमा मस्कले मौलिक कन्टेन्टको संरक्षण आवश्यक रहेको बताएका छन्। हालै एक प्रयोगकर्ताले ‘भुक्तानी नगर्ने प्लेटफर्महरू एआईले कन्टेन्ट खाइरहेको अवस्थामा अप्रासंगिक बन्दै जानेछन्,’ भन्दै गरेको टिप्पणीमा प्रतिक्रिया दिँदै मस्कले भनेका छन्, ‘ठिक छ, हामी यो गर्छौँ, तर कुनै पनि किसिमको ठगी हुन नदिन कडा नियम लागू गरिनेछ।’

कस्तो छ मस्कको नयाँ योजना?
मस्कको योजनाअनुसार कन्टेन्ट क्रिएटरलाई बढी भुक्तानी दिइनेछ, तर त्यसका लागि कडा मापदण्ड लागू गरिनेछ। एक्सले हालैदेखि विज्ञापन आम्दानी क्रिएटरसँग बाँड्दै आएको छ भने अब उक्त रकम अझ बढाउने तयारी गरिएको छ। तर, बढी आम्दानीको लोभमा बट प्रयोग गर्ने वा नक्कली एङ्गेजमेन्ट बढाउनेहरूलाई कडा कारबाही गरिने मस्कले चेतावनी दिएका छन्।

साथै, बढेको भुक्तानी सुविधा एक्स को  प्रिमियम प्लस सदस्यता लिने क्रिएटरहरूलाई मात्र उपलब्ध हुन सक्ने संकेत पनि गरिएको छ। एक्सकी प्रोडक्ट प्रमुख निकिता बियरले मस्कको योजनालाई समर्थन गर्दै ९९ प्रतिशतसम्म ठगी रोक्ने नयाँ प्रणाली विकास भइरहेको बताएकी छन्। यस प्रणालीमार्फत वास्तविक, गुणस्तरीय र मौलिक कन्टेन्ट बनाउने क्रिएटरले मात्र फाइदा पाउनेछन्।

लामो समयदेखि युट्युब कन्टेन्ट क्रिएटरहरूको मुख्य आम्दानी स्रोत रहँदै आएको छ। फेसबुक र इन्स्टाग्रामले पनि फेसबुक प्रयोगकर्तालाई आम्दानीको विकल्प दिएको छ। मस्कको योजना सफल भएमा एक्सले क्रिएटरलाई ठूलो आर्थिक प्रोत्साहन दिनुका साथै आफूलाई भिडियो-केन्द्रित र क्रिएटर-मैत्री प्लेटफर्मका रूपमा स्थापित गर्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित: २०८२ पुस १८ गते शुक्रबार ०२:४८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना