काठमाडौँ- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को व्यापार सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन्। भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते हुने सम्मेलनमा सहभागी उनी भारत प्रस्थान गरेका हुन्।
नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्द्धनलगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम छ। बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन्।
बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो। तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो।
तीनदिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कने कार्यक्रम छ।


