२०८३ कार्तिक १५ गते शनिवार

टिकटकको विवादले वीरगञ्जमा तनाव, मधेशका आठै जिल्लाको सुरक्षा व्यवस्था कडाइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २०
photo-4_55d041c5

वीरगञ्ज: धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन्। आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो।

वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो।प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरी बिटमा तोडफोड प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच भएको भागदौड र झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका थिए। सो क्रममा छपकैयास्थित सामुदायिक प्रहरी बिटको झ्याल र बोर्डमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले वीरगन्जको छपकैया, इदगाह चोक, घण्टाघर र मुड्ली लगायतका मुख्य स्थानहरूमा टायर बालेर सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए।

दुई प्रहरी घाइते, एक जना नियन्त्रणमा झडपका क्रममा ढुङ्गा लागेर २ जना प्रहरी सामान्य घाइते भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। यद्यपि, स्थिति सहज बनाउन उनीहरुलाई पछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

केही समयअघि धनुषाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई व्यक्तिले टिकटकमा विवादास्पद भिडिओ राखेका थिए। उक्त भिडिओले धार्मिक असहिष्णुता बढाएको भन्दै स्थानीयले युवाहरूलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। त्यपछि पक्राउको विरोध र समर्थन गर्ने समूहबिच धनुषाको खजुरी क्षेत्रमा विवाद भएको थियो। उक्त विवाद वीरगञ्जसम्म फैलिएको हो।

अवस्था तनावग्रस्त भएपछि मधेशका आठै जिल्लामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। विवाद हुनसक्ने सम्भावित स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले हाल वीरगन्जको अवस्था सामान्य रहेको जानकारी दिए। ‘अहिले अवस्था नियन्त्रणमा छ,’ प्रवक्ता कार्कीले भने, ‘हामीले नियन्त्रणमा लिएका एक जना प्रदर्शनकारीलाई छाडिसकेका छौँ। अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ र आवश्यक स्थानमा प्रहरी परिचालन गरिएको छ।’ अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ।

प्रकाशित: २०८२ पुस २० गते आईतबार ०३:१६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना