काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकएपा कीकृत समाजवादी (एस) पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टी विभाजनविरुद्ध दायर गरेको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले औचित्य समाप्त भएको भन्दै रिट खारेज गरेको हो।
२०७८ भदौमा एमाले विभाजन भएको थियो। एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएर एमाले फुटाएको थियो। एमाले फुटेर बनेको नेकपा एसमा तत्कालिन १४ जना सांसद रहेका थिए।


