काठमाडौँ- निजामती कर्मचारीहरूले कार्यालय परिसर र पोशाक लगाएर टिकटक भिडियो बनाए कारबाही भोग्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिँदै निर्देशन उल्लंघन गरे कारबाहीको चेतावनी दिएको हो।
कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको मन्त्रालयका प्रवक्ता सहसचिव कमलप्रसाद भट्टराईले बताए।
मन्त्रालयको निर्देशन अटेर गरे अनुशासनको कारबाही गर्ने सरकारको तयारी छ। टिकटकमा निजामती कर्मचारीको उच्छृङ्खल व्यवहार देखिन थालेपछि सरकारले उक्त कदम चालेको हो।


