काठमाडौं। वायुसेवा सञ्चालक संघ (आवोन) को अध्यक्षमा व्यवसायी प्रतापजंग पाण्डे निर्वाचित भएका छन्। शुक्रबार राजधानीमा सम्पन्न २५औँ साधारणसभाबाट पाण्डे अध्यक्षमा चुनिएका हुन्। उनी कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडका प्रवन्ध सञ्चालक हुन्।
सभाले प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईयो) सुभास सापकोटा, तृतीय उपाध्यक्ष तारा एयरका सीईयो उमेश पनेरु चयन भएको संघले जनाएको छ।
संघको महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चयन भएका छन्।
सदस्यहरूमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट तथा हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन्।


