काठमाडौँ: गायक, संगीतकार तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। भारतीय मूलका नेपाली भाषी गायक तामाङको ४२ वर्षको उमेरमा आइतबार हृदयघातका कारण भारतको नयाँदिल्लीमा असमायिक निधन भएको हो।
इन्डियन आइडल विजेता तामाङले थुप्रै नेपाली गीतहरू गाएका छन्। उनका ‘असारे महिनामा’, ‘मन साइँली’, ‘गोर्खा पल्टन’, ‘कुरा खाट्टी हो’ लगायत थुप्रै गीत चर्चित छन्।
उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्ममा अभिनय गरेका छन्। पछिल्लो समय उनी भारतीय फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए।


