काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यविधि २०८२ पारित भएको छ। आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्द सत्र सुरु भएको छ।
बन्द सत्रले कार्यविधि पारित गरेको छ। कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति विघटन गर्नेदेखि नयाँ नेतृत्व चयनसम्मको व्यवस्था गरिएको छ।
सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि विशेष महाधिवेशनको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरेका छन्। कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी पूर्वमन्त्री समेत हुन्। हाल कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेकोमा श्रेष्ठ २०१४ मा भएको प्रथम विशेष महाधिवेशनमा पनि सहभागी थिए।


