२०८३ कार्तिक १५ गते शनिवार

विश्वप्रसिद्ध प्रशिक्षक राठोरले नेपाली उद्यमीलाई प्रशिक्षण दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २८
612230675_1659410555499070_32734465016988654_n

काठमाडौँ: अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेस प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरूहरूलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रूपान्तरण ल्याउने सन्दर्भमा प्रशिक्षण दिने भएका छन्। ज्ञानपुञ्ज स्कुल अफ लिडरसीपको आयोजनामा हुन लागेको ‘सेल्स बुस्टर २.०’ कार्यक्रममा राठोरले १ हजार ५ सयभन्दा बढी नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरूलाई प्रशिक्षित गर्न लागेका हुन्।

यही माघ १६ गते भक्तपुरको जर्मन होम्समा आयोजना हुने ‘सेल्स बुस्टर २.०’ का प्रशिक्षक राठोर ‘थिंक रिच इण्डिया’ का संस्थापक हुन्। उनले हालसम्म नेतृत्व क्षमता, व्यवसायिक रुपान्तरण र जीवनशैली रुपान्तरण सम्बन्धमा एक करोडभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष प्रशिक्षण दिइसकेका छन्।

आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपका कार्यकारी अध्यक्ष हरि डुम्रेका अनुसार नेपाली युवा विद्यार्थी, उद्यमी र व्यवसायीकै अत्यधिक मागका आधारमा विश्वविख्यात प्रशिक्षक राठोरलाई नेपाल ल्याउन लागिएको हो। ‘नेपालीहरूको उद्यमलाई विस्तार गर्न, व्यवसायिक सीप बढाउन र बजारमा प्रभाव बढाउने उपायहरू सिकाउन विश्वभर सर्वाधिक खोजिनेमध्येका एक प्रशिक्षक भूपेन्द्रसिंह राठोरलाई नेपालमा स्वागत गर्दैछौं। धेरै सहभागिले जीवनउपयोगी लाभ लिनुहुनेछ’, डुम्रेको भनाई छ।

‘सेल्स बुस्टर २.०’ ले मुख्य गरेर मार्केटिङ सम्बन्धित व्यवसायमा आवद्धहरूलाई व्यवहारिक सीप, सकरात्मक सोच र रणनीतिक दृष्टिकोण प्रदान गर्ने आयोजकको विश्वास छ। सहभागिहरूले ग्राहकको मनोविज्ञान बुझाई, बिक्री मानसिकता विकास, सशक्त सञ्चार सीप, तनाव तथा द्वन्द्व व्यवस्थापन सीप, कार्यस्थल अनुशासन र व्यवसायिक व्यवहार लगायतका विषयमा ज्ञान हासिल गर्नेछन्। सहभागिले प्रमाणपत्रसँगै ज्ञान अभिवृद्धिमा मद्दत पुर्याउने स्टेशनरी र किट ब्याग प्राप्त गर्ने आयोजकले जनाएको छ। तालिममा सहभागिताका लागि खल्ती बाई आइएमई एपबाट टिकट लिन सकिन्छ।

प्रकाशित: २०८२ पुस २८ गते सोमबार ०४:०७
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना