२०८३ कार्तिक १५ गते शनिवार

बालेनले ओलीको क्षेत्रबाट चुनाव लड्ने लगभग निश्चित, माघ ४ गते मेयरबाट राजीनामा दिएर झापा जाँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २९
oli_balen_jhapa

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिनेगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तयारी थालेका छन्। बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिएर त्यसको दुई दिनपछि झापा जाने तयारी गरिरहेका छन्। उनले झापा ५ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा उम्मेदवारी दिने निश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मधुसूदन ढकालले जानकारी दिएका छन्।

निकटस्थहरूका अनुसार बालेनले अघिल्लो सातादेखि नै झापाबाट चुनाव लड्ने मनस्थितिका साथ तयारी थालेका छन्। उनले माघ ४ गते महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतको दाबी छ। त्यसलगत्तै उनी चुनावी तयारीका लागि झापा जानेछन्। चुनाव अवधिसम्म अधिकांश समय झापामै रहेर उनी प्रचारप्रसारमा व्यस्त रहने उनी निकटस्थहरू बताउँछन्।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा ६१ हजार ७६७ मतसहित भारी मतान्तरले विजयी भएका बालेन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरिसकेका छन्।  २०७९  वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँग बालेनको मतान्तरण २३ हजार ४६० र तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग २३ हजार ६५० मतको रहेको थियो।

पुराना दलका नेताप्रति नागरिकको वितृष्णाको मतमा उदाएका बालेन त्यसयता युवापुस्तामाझ सदा लोकप्रिय छन्। संघीय सरकारको निरन्तर आलोचना गरेका कारण पनि उल्लेखनीय रूपमा उनले प्रशंसक कमाएका छन्।

बालेन झापा जाँदा पनि सहज जित निकाल्ने गणित रास्वपाको छ। ओलीलाई बालेनले भारी मतान्तरणले पराजित गर्ने निष्कर्ष बालेन टिमको छ।

तर बालेन टिमको निष्कर्ष जति सहज भने उनलाई नहुन सक्ने आँकडाले देखाउँछ।

झापा ५ नेकपा एमालेका अध्यक्ष ओली भारी मतले जितेको क्षेत्र हो। यो २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा ओलीले २८ हजार ७४३ मतान्तरण चुनाव जितेको क्षेत्र हो। ओलीले ५२ हजार ३१९ मतसहित निर्वाचन जित्दा उनका प्रतिस्पर्धी रास्वपाका सुरेश पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए। रास्वपाको त्यो भारी मत, बालेनको लोकप्रियता र एमालेप्रतिको असन्तुष्टीको मत आफ्ना लागि खस्ने अनुमान रास्वपाको छ।

यता, एमालेले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा दोस्रो दिन भएको विध्वंसलाई देखाएर चुनावी रणनीति बनाउने तयारी गरेको छ। बालेन रास्वपाबाट आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा झापा छिर्ने भएपछि चारपटक प्रधानमन्त्री बनेका नेकपा अध्यक्ष ‌ओलीसँगको उनको भिडन्त रोचक हुने देखिएको छ।
प्रकाशित: २०८२ पुस २९ गते मङ्गलबार ०४:००
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना