२०८३ कार्तिक १५ गते शनिवार

चुनावमा अन्य दलसँग गठबन्धन नगर्नेसहितका पाँच शर्त मान्न कांग्रेस संस्थापन पक्ष तयार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ३०
673f1331-ed7d-414f-9b16-306c26fbc1c3

काठमाडौँ: नेपाली कांग्रेसको विभाजन रोक्न महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि अन्तिम विकल्पका रूपमा पठाएका मध्ये पाँच शर्त मान्न संस्थापन पक्ष तयार भएको छ। महाधिवेशनको स्वामित्व लिई चुनावमा अन्य दलसँग गठबन्धन नगर्नेसहितका पाँच शर्त मान्न तयार भए पनि आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने सहितका तीन शर्त स्वीकार्न नसकिने जवाफ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पठाएका छन्।

महामन्त्रीद्वय शर्मा र गगनकुमार थापाको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशन नयाँ नेतृत्वका लागि निर्वाचनको संघारमा रहँदा अर्कोतर्फ विभाजन रोक्ने प्रयास जारी छ।

यसैबिच मंगलबार बिहान मात्रै देउवा निवास महाराजगञ्जमा सभापति शेरबहादुर देउवासँग महामन्त्री शर्मा र गगनकुमार थापाले १ घण्टा वार्ता गरेका थिए। तर सहमति नजुटेपछि उनीहरू बाहिरिएका थिए। बैठकमा महामन्त्रीद्वयले देउवालाई निष्क्रिय हुन आग्रह गर्दै सम्मानको वातावरण बनाउने प्रस्ताव गरेका थिए।

सभापति देउवाले अब आफू सभापति नहुने बताउँदै पार्टी नफुटाउन आग्रह गरेका थिए। केन्द्रीय समितिको निर्णअनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची आफ्नो हस्ताक्षरमा गैसकेको तथा आयोगलाई समस्या नहुने भएमा जुनसुकै नेतालाई प्रत्यक्ष उम्मेदवारहरूको सूचीमा हस्ताक्षरका लागि अधिकार दिने प्रस्ताव देउवाले राखेका थिए। देउवाले वैशाखमा हुने नियमित निर्वाचनबाट नयाँ नेतृत्व आउने भएकाले अहिले पार्टी विभाजनतर्फ नलान अनुरोध गरेकोमा महामन्त्रीद्वयले तत्काल जिम्मेवारी छाड्न माग गरेपछि सहमति जुट्न सकेको थिएन।

यसैबिच कार्यवाहक सभापति खड्कालाई महामन्त्री शर्माले सहमतिका लागि नयाँ प्रस्ताव पठाएका थिए। शर्माले  सभापति शेरबहादुर देउवाले कार्यकारी जिम्मेवारीबाट अलग हुनुपर्ने, विशेष महाधिवेशनको नेतृत्व र स्वामित्व पार्टीले लिनुपर्ने, आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तय गरेर अघि बढ्नुपर्ने, चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने, टिकट वितरणका लागि सबै पक्षलाई स्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन तयारीलाई केन्द्रमा राखेर पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र बनाइनुपर्ने, प्रतिनिधि सभा निर्वाचनका टिकटमा सभापति देउवाको हस्ताक्षर नहुने व्यवस्था गरिनुपर्ने र विशेष महाधिवेशनमा पेश प्रतिवेदनहरूलाई कांग्रेसको संस्थागत पूँजीका रूपमा मान्यता स्वीकार्नुपर्ने शर्त राखेका थिए।

जसमध्ये निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, सभापति देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने, पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग मान्न नसकिने जवाफ मान्न नसकिने जवाफ खड्काले पठाएका छन्।

प्रकाशित: २०८२ पुस ३० गते बुधबार ०२:४२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना