काठमाडौँ: नेपाली कांग्रेसको संस्थापन पक्षले गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही नेतालाई कारबाही गरेको छ। बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो।
कार्यसमितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ। यस्तै संस्थापन पक्षले सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई पनि कारबाही गरेको छ।
कार्यसमिति बैठकले तीन जनालाई कारबाही गर्दै अन्य नेताहरूलाई आफ्नो भूमिकामा फर्कन आग्रह गरेको छ।


