काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कोलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरेका छन्।
महावाणिज्यदूत ईश्वरराज पौडेल तथा दूतावासका अन्य कर्मचारीले मन्त्री रिजाललाई दूतावासका कामकारवाहीका विषयमा जानकारी गराएका थिए।
मन्त्री रिजालले पारवहन सन्धि अनुसार सेवा प्रवाहबारेमा विस्तृत जानकारी लिएका थिए। सेवा प्रवाह प्रवाभकारी बनाउन आवश्यक सुधारका सुझाव दिँदै मन्त्री रिजालले कार्यान्वयनका लागि निर्देशनसमेत दिएका थिए।
